आधारभूमि संवाददाता
काठमाडौ, माघ १९
फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा ब्राजिलले शानदार जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४–० गोलले पराजित गरेको हो ।
ब्राजिललाई जित दिलाउन राफिनहा,फिलिप काउटिन्हो,एन्टोनी र रोड्रिगोले एक-एक गोल गरे।
खेलको २८ औं मिनेटमा राफिनहाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।
खेलको ६२ औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई २-० ले अघि बढाए ।
खेलको ८६ औं मिनेटमा एन्टोनीले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा रोड्रिगोले गोल गदै ब्राजिललाई ४-० को जित दिलाए ।
जितसँगै ब्राजिलले १५ खेलबाट ३९ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित पाराग्वेको १६ खेलबाट १३ अंक छ र नवौं स्थानमा छ ।