काठमाडौ, माघ १८
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा राकेश पोखरेल नियुक्त भएकाछन । कम्पनीका अनुसार यही माघ १३ गतेबाट पोखरेलले कार्यभार सम्हालेका हुुन ।
कम्पनीका अनुसार पोखरेलले आफ्नो करियर बीमा क्षेत्रबाट सुरुवात गरेका थिए । लगभग आठ बर्ष बिभिन्न बीमा कम्पनीको व्यवस्थाापन तथा कार्र्यकारी पदमा कार्यरत रही पछिल्लो समय लेखापरिक्षण पेशमा संलग्न रहेका थिए ।
सञ्चालक समितीको उपस्थितीमा प्रमुख कार्यकारीको पदभार ग्रहण गर्दे पोखरेलले सही दिशामा गईरहेको बीमा कम्पनीमा काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गर्दे उत्पकृष्ट कार्य गर्ने बताए ।