neapl investment mega bank
  • गृहपृष्ठ
  • सुशासन सम्वन्धी निर्देशिका बिपरित कार्य गरेको भन्दै प्राईम लाईफलाई लगाईयो जरिवाना

सुशासन सम्वन्धी निर्देशिका बिपरित कार्य गरेको भन्दै प्राईम लाईफलाई लगाईयो जरिवाना

Jan 30th, 2022

काठमाडौ, माघ १६
प्र्राईम लाइफ इन्स्योरेन्स कम्पनीले नगद जरिवाना तिरेको छ । समितिले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ नगद जरिवाना गर्ने निर्णय गरिएको समितीको कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जाानकारी दिएकाछन ।

समितिबाट प्राईम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमा लेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरिएको समितीका प्रवक्ता पौडेलको भनाई छ ।