neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना संक्रमितको उपचारको लागि युवासंघको सप्ताहव्यापी रक्तदान कार्यक्रम

कोरोना संक्रमितको उपचारको लागि युवासंघको सप्ताहव्यापी रक्तदान कार्यक्रम

Jan 29th, 2022

काठमाडौ, १५ माघ

राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले कोरोना (कोभिड १९) भाइरसको तेस्रो लहरबाट संक्रमित नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना र कोरोना (कोभिड १९) भाइरसको तेस्रो लहर बाट संक्रमितहरुको उपचारको चापका कारण उत्पन्न रगत अभाव लाई पूर्ति गर्ने उदेश्यका साथ सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ललितपुरको मगलबजार गरिएको बृहत् रक्तदान कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवासंघका केन्द्रीय संयोजक किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा पौडेलले के पि ओलि प्रधानमन्त्री हुदा अमेरिकामा समेत नेपालले स्वास्थ्य सामाग्री व्यवस्थापन गरिदिएको दावी गर्दै वर्तमान सरकारले सिटामोल समेत व्यवस्थापन गर्न नसकेको बताए।
उनले हिजो केपी ओलिलाई प्रश्न गर्ने कांग्रेसका नेता तथा अभियान्ता आज २४ लाख खोप गायब हुदा निदाएर बसेको आरोप लगाए ।

कार्यक्रममा नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले समयमै स्थानीय निर्वाचन गर्न युवासंघले दबाबमूलक कार्यक्रमहरु गर्नुपर्ने बताए । आचार्यले मूल्य वृद्धि लगायतका विषयको दबाबमूलक कार्यक्रम गर्न युवाहरु लाग्नु पर्ने र त्यसमा पार्टीले युवाहरुलाई पुर्ण सहयोग गर्ने समेत बताए ।

हाल काठमाडौंमा दैनिक ४०० पिन्ट भन्दा बढी रगतको आवश्यकता रहेकोमा मुश्किलले १५० पिन्ट मात्र रगत प्राप्त भैरहेको सुचनाहरु आईरहेकोले रगतको अभाव पुर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवासंघ नेपाल ललितपुर जिल्ला अध्यक्ष चिन लामाले बताए ।

लामाले आकस्मिक शल्यक्रिया लगायतका विभिन्न जटिल उपचारका लागि बिरामीका आफन्तहरु रगतको खोजिमा जताततै भौतारिएर हिड्नु पर्ने अवस्था रहेको र हाल कोभिडकै कारण सहज रुपमा ब्लड दिन जो कोही तयार नहुने अवस्था रहेको समेत बताए । ‘ रगतको अभावले अस्पतालको शैय्यामा छट्पट्टाएका बिरामीहरुले हाम्रो एक मुठ्ठी रगतले पुनर्जीवन पाउन सक्छ, हामी नेकपा एमालेका नेता कार्यकर्ताहरु आवश्यक पर्दा देश र जनताको लागि जस्तोसुकै बलिदानी दिन तयार छौं ‘ – लामाले भने ।

उक्त रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य हरिकृष्ण ब्यन्जनकार, महानगर अध्यक्ष आस्था शाक्य, राष्ट्रिय युवासंघ संगठन विभाग प्रमुख क्षितिज थेबे, ललितपुर ईन्चार्ज राजु श्रेष्ठ, केन्द्रीय सदस्यहरु, पृथविन्दु महर्जन, धिरेन्द्र लोहनी, संगिता अछामी लगायतका नेताकार्यकर्ताहरुले प्रमाणपत्र र खादा ओढाएर सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको सहयोगमा कान्तिपुर हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न भएको थियोे ।