आधारभूमि संवाददाता
काठमाडौं, १५ माघ
पछिल्लो २४ घन्टामा संक्रमित भन्दा निको हुने धेरै छन् । सो अवधिमा ५ हजार ९ सय २४ जना कोरोना संक्रमित निको भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हाल देशभर ८७ हजार ३२९ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी साही अवधिमा काठमाडौं उपत्यकामा एक हजार ८ सय २० जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन्।