आधारभूमि संवाददाता
काठमाडौ, १३ माघ
अनिश्चित कालका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक माघ १७ को लागि तय भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको बैठक आह्वान गरेका छन् ।
माघ १७ गते दिउँसो १ बजे बैठक बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रियसभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत भदौबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठम अवरोध गदैृ आएको छ ।