neapl investment mega bank
  • गृहपृष्ठ
  • आजको मौसमः यी स्थानमा हुनेछ वर्षा र हिमपात

आजको मौसमः यी स्थानमा हुनेछ वर्षा र हिमपात

Jan 27th, 2022

काठमाडौँ १३ माघ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु । कुहिरो लागि रहेको छ। महाशाखाले प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

विहीबार दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।