neapl investment mega bank
  • गृहपृष्ठ
  • यातायात कार्यालयद्वारा रु २९ करोड राजस्व सङ्कलन

यातायात कार्यालयद्वारा रु २९ करोड राजस्व सङ्कलन

Jan 26th, 2022

जनकपुर, १२ माघ /रासस

यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८÷७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । सो कार्यालयले आव २०७७÷७८ को ६ महिनामा रु २० करोड २८ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो ।