neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुर महानगरपालिमा अत्यावस्यकबाहेकका सेवा बन्द

ललितपुर महानगरपालिमा अत्यावस्यकबाहेकका सेवा बन्द

Jan 24th, 2022

आधारभूमि संवाददाता

काठमाडौ १० माघ

ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि नियमित सेवा बन्द गरिएको हो ।

महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो ।

आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको महानगरले जनाएको छ । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi