neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन

राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन

Jan 24th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, माघ १०

माघ १२ गते हुने भनिएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति बाट मौन अवधि सुरु भएको छ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ ।

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ ।

आयोगले निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।