आधारभूमि संवाददाता
काठमाडौं, माघ १०
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्न म्युनिखले हेर्था बर्लिनलाई ४-१ गोलले पराजित गरेको हो ।
बायर्नलाई जित दिलाउन कोरेन्टिन टोलिसो,थोमस मुलर,लेरो साने र सर्ज गनब्र्यले एक-एक गोल गरे । हेर्थाका जुर्गेन एक्केलेन्कम्पले एक गोल गरे ।
खेलको २५ औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
खेलको ४५ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बायर्न २-० ले अघि बढ्यो ।
खेलको ७५ औं मिनेटमा लेरो सानेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।
खेलको ७९ औं मिनेटमा सर्ज गनब्र्यले गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए ।
खेलको ८० औं हेर्थाका जुर्गेन एक्केलेन्कम्पले गोल गर्दै खेल ४-१ को स्थितिमा ल्याए।
त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बायर्नले जित निकालेको हो ।
जितसँगै बायर्नले २० खेलबाट ४९ अंक जोडेको छ र शीर्ष स्थानमा छ अंकको अग्रता बनाएको छ ।पराजित हेर्थाको २० खेलबाट २२ अंक छ र १३औं स्थानमा छ ।