आधारभूमि संवाददाता
काठमाडौँ ९ माघ
नेपालमा थप २८ जनामा कोभिडको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ३२ जनाको जीन सिक्वेन्सिङ परीक्षण गर्दा उक्त संख्यामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएका छन् ।
त्यस्तै बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
ओमिक्रोन तीव्र रुपमा संक्रमण फैलने भएकाले संक्रमितको संख्या बढिरहेको छ । यसअघि पनि २७ जनालाई ओमिक्रोन पुष्टि भइसकेको छ । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको डा. अधिकारीको भनाई छ ।