काठमाडौ, माघ ९
सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोहीक्रममा बैकले शुव्रmबार प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । साथै शनिबार बैंकले प्रदेश १, ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा ८५ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि फुलासीका बसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिकारुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दे आइरहेको छ ।