neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटी बराबरीमा रोकियो

Jan 23rd, 2022

आधारभूमि संवाददाता

काठमाडौं, माघ ९
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी साउथेम्प्टनसँग बराबरीमा रोकिएको छ ।शनिबार राति साउथेम्प्टनको घरेलु मैदानमा भएको खेलमा सिटी र साउथेम्प्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा सिटीको लागि अमेरिक लापोर्टेले एक गोल गरे भने साउथेम्प्टनको काइल वाकर-पिटर्सले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता साउथेम्प्टनले लिएको थियो । खेलको सातौं मिनेटमा काइल वाकर-पिटर्सले गोल गर्दै साउथेम्प्टनलाई अग्रता दिलाएका थिए।

तर, खेलको ६५ औं मिनेटमा सिटीका लापोर्टेले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै सिटीको २३ खेलबाट ५७ अंक छ र तालिकाको शीर्ष स्थानमा छ। साउथेम्प्टनको २३ खेलबाट २५ अंक छ र तालिकाको १२ औंस्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi