neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चिसो ह्वात्तै बढ्यो , तापक्रम ६ डिग्रीले घट्यो

चिसो ह्वात्तै बढ्यो , तापक्रम ६ डिग्रीले घट्यो

Jan 23rd, 2022

आधारभूमि संवाददाता

काठमाडौं, ९ माघ

देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने भएकाले चिसो बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार आइतबार केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।

केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो।

महाशाखाका अनुसार शुक्रबार अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री सेल्सियस रहेको डडेलधुराको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन गरिएको थियो।

शनिबार भने डडेलधुराको अधिकतम तापक्रम ७ डिग्री र न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै शुक्रबार अधिकतम तापक्रम २१ दशमलव २ र न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको दिपायलको तापक्रम शनिबार घटेको छ।

शनिबार दिपायलको अधिकतम तापक्रम १८ दशमलव २ र न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियसम्म झरेको छ।

यस्तै शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १६ दशमलव १ डिग्री तथा न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री मापन गरिएको थियो।

शनिबार भने काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi