आधारभूमि संवाददाता
काठमाडौ ७ माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको चुनाव एक वर्षभित्र गर्ने वताएका छन्।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको चुनाव हुने बताउँदै सम्बन्धित निकायलाई तयारीमा जुट्न आह्वान गरे।
उनले तीन तहको चुनाव एक वर्षभित्र गर्नुपर्न वताउँदै तयारी जारी राख्न सबैलाई आग्रह समेत गरे । साथै सरकारले संविधानको कार्यान्वयन, आर्थिक विकास, संवृद्धिलाई प्राथामिता दिएर काम गरिरहेको उनको दावी छ ।