आधारभूमि संवाददाता
काठमाडौ, ७ माघ
पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो ।
त्यस्तै सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ।
पछिल्लो संक्रमित संगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् । यस्तै कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ ।
मन्त्रालयकमा अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ ।