neapl investment mega bank
  • गृहपृष्ठ
  • कुन-कुन क्षेत्रका सवारीसाधनमा जोरबिजोर लागू हुदैन ?

कुन-कुन क्षेत्रका सवारीसाधनमा जोरबिजोर लागू हुदैन ?

Jan 21st, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ७ माघ

काठमाडौं उपत्यकामा आजराति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुने भनिए पनि केही क्षेत्रका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज पुन अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागू नहुने क्षेत्रहरुबारे स्पष्ट पारेको छ ।

जस अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागू हुने छैन ।

यसैगरी खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक बसेर सञ्चालन गर्न पाउनेछन् ।

त्यस्तै सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू हुने छैन ।

परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउनेछन् ।बैंक विमा, वित्तिय संस्था, वायूसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा परिचयपत्र देखाएमा जोरबिजोर लागू नहुने वताइएको छ ।