neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

Jan 21st, 2022

काठमाडौ, माघ ७

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जनाइएको छ । प्रधानमन्त्रीले कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । देउवा गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।