neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ग्रानाडामाथि गेटाफेको जित

Jan 21st, 2022

आाधारभूमि संवाददाता

काठमाडौं, माघ ७
स्पेनिस ला लिगा फुटबलमा गेटाफेले ग्रानाडामाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा गेटाफेले ग्रानाडालाई ४–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा गेटाफेलाई जित दिलाउन स्यान्ड्रो रामिरेज,एनेस अनल,नेमान्जा म्याक्सिमोभिक र बोर्जा मेयरलले एक-एक गोल गरे।ग्रानाडाका लुइस सुआरेजले दुई गोल गरे।

खेलको १० औं मिनेटमा स्यान्ड्रो रामिरेजले गोल गर्दै गेटाफेलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको १३ औं मिनेटमा ग्रानाडाका लुइस सुआरेजले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४७ औं मिनेटमा एनेस अनलले गोल गरे पछि गेटाफे २-१ ले अघि बढ्यो।

खेलको ६३ औं मिनेटमा नेमान्जा म्याक्सिमोभिकले गोल गर्दै गेटाफेलाई ३-१ ले अघि बढाए।

खेलको ७८ औं मिनेटमा लुइस सुआरेजले व्यक्तिगत दोस्रो  गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ८७ औं मिनेटमा गेटाफेका बोर्जा मेयरलले गोल गर्दै टोलीलाई ४-२ को जित दिलाए ।

जितसँगै गेटाफेले २१ खेलबाट २१ अंक जोडेको छ र तालिकाको १६ औं स्थानमा छ । ग्रानाडाको २१ खेलबाट २४ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi