neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिसत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिसत छुट

Jan 20th, 2022

काठमाडौ, माघ ६
बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहहरुलाई १० प्रतिसतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । यो सम्झौता पश्चात् ग्राहकहरुले मेडि प्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १० प्रतिसत छुट पाउनेछन । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।