काठमाडौ ६ माघ
आज विहीबार थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।
यो पछिल्लो २४ घण्टामा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।