आधारभूमि संवाददाता
काठमाडौं ६ माघ
लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्मकमे लागि स्थगित गरेको छ । कोरोना संक्रमण बढेपछि लोक र सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गरेको हो ।
आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगले माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय गरेको थियो । साथै यही समयमा निर्धारण गरिएका संगठित संस्थाका परीक्षाहरु पनि हाललाई स्थगित भएका छन् ।