neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाकास्थित लुभु स्वाथ्य चौकीमा कोरोना फैलने जोखिम

महालक्ष्मी नगरपालिकाकास्थित लुभु स्वाथ्य चौकीमा कोरोना फैलने जोखिम

Jan 20th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ,६ माघ

स्वास्थ सस्थाहरुबाट कोरोना फैलने जोखिम बढ्दै छ । स्वास्थ संवन्धी मापदण्डको र समाजिक दूरी कायम गर्न नसक्दा त्यस्ता संस्था कोरोना फैलाउने स्थल बन्दै गएका छन् ।

कोरोना महामारी नियन्त्रण गर्न पालन गर्नुपर्ने मापदण्डको वेवास्ताको कारण महालक्ष्मी नगरपालिकाको वडा नं ८ स्थित लुभु स्वास्थ्य चौकीमा जाने व्यक्तिहरुमा कोभिड १९ को जोखिम बढेको छ । सो संस्थामा कोरोना परिक्षण गराउनेहरुको भिड त छदै छ सो भिडमा कोभिड नियन्त्रणको लागि सरकारले तोकेका मापदण्डको समेत पालना भएको छैन ।

लुभु स्वास्थ चौकीले न त त्याहाँ कोरोना परिक्षण गर्न आउने सेवाग्राहीहरुबिच समाजिक दूरी कायम गराउन सकेको छ न त गुणस्तरिय सेवा दिन सकेको छ । सो स्वास्थ्य चौकीले कोरोना परिक्षण गर्न आउने र अन्य रोगको उपचार गर्न आउने सबैलाई एउटै झ्यालबाट सेवा दिइरहेको छ ।

बुधवार कोरोना परिक्षण गर्न गएका एक सर्वसाधारणले भने, – सेवा लिनको लागि पनि सर्वसाधारणले ३ फिटको साँगुरो गल्लीमा कोचाकोच गरेर लाइन बस्नुपरेको छ , तैपनि चुस्त र प्रभावकारी सेवा पाउन सकिएको छैन ।’

सामान्य चेकअप गर्न स्वास्थ्यचौकी पुगेका सर्वसाधारणलाई पनि लक्षण र अन्दाजको आधारमा हेल्थ असिस्टेन्टले औषधि लेखेर दिने गरेको पाइएको छ । साथै सो स्वाथ्य चौकीमा ब्लड प्रेसर चेक गर्न मेसिन बिग्रीएर सेवाग्राहीलाई सेवा दिन नसकेको त्यहाँका एक कर्मचारीले वताए ।

महालक्ष्मी नगरपालिकाले गत माघ ३ गते लेखि लुभु स्वाथ्यचौकीबाट कोरोनाको निशुल्क एन्टीजेन गरिक्षण गर्ने व्यवस्था मिलाएको छ । तर नगरपालिकाले सो स्वाथ्यचौकीमा भएका प्रविधिक समस्याप्रति भने चासो देखाएको छैन । लुभु स्वाथ्यचौकीमा कोरोना परिक्षणको लागि नगरपालिकाले टेकराज ओझालाई फोकल पर्सन तोकेको छ । तर उनी भने सम्पर्कमा आएका छैनन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi