neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लेस्टरमाथि टोटेनहमको रोमान्चक जित

Jan 20th, 2022

आाधारभूमि संवाददाता
काठमाडौं, माघ ६

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लेस्टर सिटीमाथि रोमान्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ३-२ गोलले पराजित गरेको हो ।

लेस्टरको घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन स्टीवन बर्गविजनले दुई गोल गरे भने ह्यारी केनले एक गोल गरे । लेस्टरका प्यासन डाका र जेम्स म्याडिसनले एक-एक गोल गरे।

खेलमा पहिलो अग्रता लेस्टरले लिएको थियो । खेलको २४ औं मिनेटमा प्यासन डाकाले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए।

खेलको ३८ औं मिनेटमा टोटेनहमका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ७६ औं मिनेटमा लेस्टरका जेम्स म्याडिसनले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर, इन्जुरी समयको पाँचौं मिनेट र सातौं मिनेटमा टोटेनहमका स्टीवन बर्गविजनले लगातार दुई गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसँगै टोटेनहमले १९ खेलबाट ३६ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा छ । पराजित लेस्टरको १९ खेलबाट २५ अंक छ र १० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi