neapl investment mega bank
  • गृहपृष्ठ
  • आजको मौसमः पहाडमा बर्षा र हिमपात, तराइमा हुस्सु र कुहिरो

आजको मौसमः पहाडमा बर्षा र हिमपात, तराइमा हुस्सु र कुहिरो

Jan 20th, 2022


आधारभूमि संवाददाता

काठमाडौँ ६ माघ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भु९भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ ।

साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ। देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।