neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

Jan 19th, 2022

काठमाडौँ, ५ माघ /रासस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त हुनुभएको थियो । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा हुनुहुन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi