neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कर्मचारीलाई कोरोना भएपछि काठमाडौ प्रशासनका यी सेवा स्थगित

कर्मचारीलाई कोरोना भएपछि काठमाडौ प्रशासनका यी सेवा स्थगित

Jan 19th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ५ माघ

पछिल्लो समय सरकारी कर्मचारीमा कोरोना संक्रमण बढ्न थालेको छ । कर्मचारीमा कोभिड १९को सङ्क्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज बुधबारबाट लागू हुने गरी सेवामा कटौती गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि नियमित सेवा कटौती गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको हो ।
त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।

यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ । सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi