आधारभूमि संवाददाता
काठमाडौं,माघ ५
इंग्लिस प्रिमियर लिग फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ ।मंगलबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सी र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।
खेलमा चेल्सीको लागि हाकिम जियेचले एक गोल गरे भने ब्राइटनको एडम वेबस्टरले एक गोल गरेका थिए।
खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो । खेलको २८ औं मिनेटमा हाकिम जियेचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ६० औं मिनेटमा ब्राइटनका एडम वेबस्टरले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीको २३ खेलबाट ४४ अंक छ र तालिकाको तेस्रो स्थानमा छ। ब्राइटनको २१ खेलबाट २९ अंक छ र नवौं स्थानमा छ ।