काठमाडौ, माघ ४
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंककोे पालुङ शाखाले थाहा ७ डाँडाबास स्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययारत विपन्न परिवारका ६३ जना छात्र छात्राहरुलाई ज्याकेट वितरण गरेको छ । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबिच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुुन ।
जाडो बढेसँगै स्कुलआउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पु¥याएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिहगोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गर्नुका साथै किसमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए । आगामीदिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।