neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन

Jan 18th, 2022

काठमाडौ, माघ ४
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को संगठन विस्तार अभियान देशव्यापी रुपमा तीव्र पारिएको छ । खेलकुद विकास ऐन २०७७ को मर्म अनुसारको सांगठनिक संरचना तयार गर्नु तथा अन्तर्राष्ट्रिय महासंघ एफआईएको कार्यविधि अनुसार आफूलाई तयार गर्नु यी दुई मुख्य उद्देश्यसहित नासा सक्रिय भएको छ ।

मोटर, मोटरसाइकल स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एन्ड टुरिजम तथा रोड सेफ्टी सम्बन्धी कार्यक्रममा संलग्न नासा नेपालको गतिविधि अब प्रदेश केन्द्रीत हुनेछ । यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा भएको वृहत भेलाले संघको प्रदेश समिति चयन गरेको छ ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा गठित लुम्बिनी प्रदेश संघको नवगठित कार्यसमिति संयोजक निरज गौतम र सचिव किशोर भण्डारी रहेकाछन । त्यसैगरी सदस्यहरुमा प्रकाश खनाल, सञ्जिव भण्डारी, दीपक न्यौपाने, जीवन खनाल, देवु खनाल र प्रज्जन विक्रम पोखरेल हुनुहुन्छ । सल्लाहकारहरुमा कपिल न्यौपाने, लोकहरी श्रेष्ठ तथा दिनेश पाण्डे रहनु भएको छ । नवगठित प्रदेश संघले यस वर्ष गर्ने तीन वटा कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

गौतम बुद्धको जन्म स्थल रहेको लुम्बिनी प्रदेशको साहसिक खेल र साहसिक पर्यटन प्रवद्र्धनको लागि यस संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत सहभागीले राखेका छन् ।नवगठित प्रदेश संघका पदाधिकारी तथा सदस्यहरुलाई नेकोसका सचिव कपिल न्यौपाने तथा सुरक्षित यात्रा अभियान–नेपालका महासचिव दिनेश पाण्डेले कार्यकाल सफलताको शुभकामना सहित बधाई दिएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi