काठमाडौ, माघ ३
एभरेष्ट बैंक डिबेन्चर २०८६ को बिक्री खुल्ला भएको छ । बैंकका अनुसार आठ बर्ष अवधि तथा बार्षिक आठ दसमलव पाँच प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र एक हजार रुपैयाँं अंकित मुल्यका २० लाख कित्ताले हुुन आउने दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ६० प्रतिसत अर्थात १२ लाखकित्ता ऋणपत्रले हुन आउने आउने कूल एक अर्ब २० करोड ऋण पूँजी रकम व्यक्तिगत तवरबाट विक्री गरिने तथा ४० प्रतिसत अर्थात आठ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ८० करोड ऋण पूँजी रकम (सो मध्ये पाँच अर्थात ४० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट विक्री गरिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो ऋणपत्रको निष्काशन माघ तीन गते अर्थात सोमबारबाट खुल्ला भई छिटोमा माघ छ गते बन्द हुने छ । स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा लाखौ सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँच वटा शाखा संजाल, प्रादेशिक कार्यालय, एक सय ३८ वटा एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दे आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको जनाएको छ ।