neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंको कहाँ कहाँबाट लगाउन पाइन्छ बुस्टर डोज ?

काठमाडौंको कहाँ कहाँबाट लगाउन पाइन्छ बुस्टर डोज ?

Jan 17th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ,३ माघ


सरकारको निर्णयअनुसार कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन थालिएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ ।

काठमाडौंमा टेकु अस्पताल, प्रसुती गृह थापाथली, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, कीर्तीपुर अस्पताललगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ ।

कोभिड १९ को संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको हो । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने भएको हो ।