neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सुनको भाउ बढ्यो, कति पुग्यो ?

Jan 17th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, ३ माघ

सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ कायम भएको हो ।

आइतबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi