neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी वडा नंं. ७ मा विकासको नाममा मनपरी

ललितपुरको महालक्ष्मी वडा नंं. ७ मा विकासको नाममा मनपरी

Jan 16th, 2022

आधारभूमि संवाददाता

ललितपुर, २ माघ

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा राजकूलो र ढल राख्ने काम संग संगै गरेको पाइएको छ । सो स्थानमा खानेपानी तथा ढल निकासको बजेटले गत वर्ष ढल निर्माण गरिएको थियो । तर ढलको कुनै निकास नै छैन । न मुहान छ न अन्त छ ।

यस वर्ष पनि सिंचाईको लागि भन्दै त्यही ठाउँमा राजकुलोमा जोडिएको १६ फिटे बाटो मासेर १० फिटे बनाई कुलो निर्माण गरिएको छ । मनपरि ढंगले बाटो मासेर सिंचाई गर्ने गरेका कारण उपभोक्ताले काम रोक्न माग गर्दा समेत जनप्रतिनिधिले चासो नदेखाएको एक उपभोक्ताले वताए ।

त्यस्तै सिंचाइको कुलोको पनि पनि न शुरु न अन्त छ । यस्ता काममा कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा स्थानीय सरकारको बजेट रित्याउने काममात्र भएको छ । तर सम्वन्धित निकायलाई विषयमा अनविज्ञ छ । महालक्ष्मी नगरपालिका वडा नं. ७ का योजना प्रमुख मनिष सुवेदी यसबारे कुनै जानकारी नभएको बताउँछन् ।

महालक्ष्मी नगरपालिका वडा नं. ७ वडा प्रमुख नकुल थापाले ढल निर्माण कहिले खानेपानी र कहिले शहरी विकासको बजेटबाट बनेकोदावी गरे । उनले टेण्डरको काम भएकोले यस विषयमा जनप्रतिनिधिले कुनै रोक तोक गर्न नमिल्ने आधारभूमिलाई बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi