neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘पशुपतिनाथ परिसरको धर्मशाला सेभेनस्टार होटलजस्तो मन्त्री’- आले

‘पशुपतिनाथ परिसरको धर्मशाला सेभेनस्टार होटलजस्तो मन्त्री’- आले

Jan 16th, 2022

आधारभूमि संवाददाता

काठमाडौं २ माघ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला सेभेन स्टार होटेल जस्तो भएको वताएका छन् ।

साथै उनले सो धर्मशाला देखेर आफू ‘सक्ड’ भएको समेत बताएका छन् । आइतबार छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री आलेले बतास समुहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशाला ‘सेभेन स्टार होटलजस्तो’ भएको बताए ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा ‘नेपाल(भारत मैत्री धर्मशाला’ बनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उदघाटन गरेका थिए ।
सो धर्मशालामा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ । त्यहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना समेत भएको छ ।

अवलोकन पछि मन्त्री आलेले त्यहाँ बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ । कतिपय संरचनाहरु अनुमतिविना बनाइएको पनि मन्त्री आलेले बताए ।

उनले छानबिनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi