neapl investment mega bank

नेपाली बजारमा ‘याक बाइक’ सार्वजनिक

Jan 16th, 2022

काठमाडौ माघ २
अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक भित्र्याएको छ । कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमायाक बाइकहरू नेपाल भित्राएको हो ।

अनेकौँ आकर्षक विशेषता सहितको यो बाइक नेपालमा सार्वजनिक गरिएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्छ। यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने कम्पनीको विश्वास छ । यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ। ‘याक बाइक्स’ को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्त्वपूर्ण कारक हुन सक्ने कम्पनीको दाबी छ।बाइक सार्वजनिक कार्यक्रममा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याप्रति आफ्नो चासो देखाएकी थिइन् ।

यस्तै जैष्णवी ग्रुपका सीईओ जोन खड्कालेसरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न ‘याक बाइक्स’ सार्वजानिक गरिएको बताए । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुने उनको भनाई थियो । बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने जैष्णवी ग्रुपको विश्वास छ । आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठुलो भूमिका खेल्न सक्ने कम्पनीको दाबी छ। यस्तै कम्पनीले ५ सय भन्दा बढी न्यून आय भएका र बेरोजगारहरूका लागि रोजगारी सृजना गर्न लागेको जानकारी दिएको छ । यसले बेरोजगारीको समस्या कम गर्न मद्दत कम्पनीको भनाई छ । कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ, जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्ने छ ।