आधारभूमि संवाददाता
काठमाडौं,माघ २
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले एफसी कोल्नलाई ४-० गोलले पराजित गरेको हो ।
बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्कीले ह्याट्रिक गरे भने कोरेनतीन टोलिस्सोले एक गोल गरे। बायर्न म्युनिखले दुई गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।
खेलको नवौं मिनेटमा लेवान्डोव्स्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा कोरेनतीन टोलिस्सोले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ६२ औं मिनेटमा लेवान्डोव्स्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।
त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र बायर्नलाई ४-० को सानदार जित दिलाए ।
जितसँगै बायर्नले १९ खेलबाट ४६ अंक जोडेको छ र शीर्ष स्थानमा छ अंकको अग्रता बनाएको छ ।पराजित एफसी कोल्नको १९ खेलबाट २८ अंक छ र आठौं स्थानमा छ ।