neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

Jan 16th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,माघ २

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे र थिलो केहरले एक एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा थिलो केहरले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक जोडेको छ र शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।पराजित ब्रेस्टको २१ खेलबाट २५ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi