आधारभूमि संवाददाता
काठमाडौं,माघ २
इंग्लीस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुइनले विजयि गोल गरे। ब्रुइनले खेलको ७० औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै सिटीले २२ खेलबाट ५६ अंक जोडेको छ र शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।पराजित चेल्सीको २२ खेलबाट ४३ अंक छ र दोस्रो स्थानमा छ ।