neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आजको मौसमः देशभर चिसो अझै बढ्ने

Jan 16th, 2022

काठमाडौ २ माघ

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर चिसो अझै बढ्ने क्रममा रहेको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ ।

हाल देशका पहाडी भू(भागहरूमा आंशिक बदली रहेको छ । साथै तराईका केही स्थानहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

सोमबार भने दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi