काठमाडौ, पुस ३०
सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण शुक्रबार बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार एक सय ९५ रुपैयाँ मध्येबाट १४ दसमलव २५ प्रतिशत बराबरको एक अर्ब ५६ करोड २१ लाख २७ हजार छ सय ३६ रुपैंया बराबरको बोनस शेयर तथा शुन्य दसमलव ७५ प्रतिशत अर्थात आठ करोड २२ लाख १७ हजार दुई सय ४४ रुपैंया बराबरको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
वि.सं. २०५९ सालमा स्थापनाभए देखिनै सिद्घार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको छ । ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल यात्रा पुरा गरेको बैंक सम्पूर्ण सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सधैं प्रयत्नरत रहेको बैकले जनाएको छ । बढि भन्दा बढी नेपालीमाझ बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले हालसम्म १८९ शाखा, २०८ ए टि एम, ११४ शाखारहित बैंकिङ्ग, १,८९० पिओ एस् मार्फत देश भरिनै आफ्नो सञ्जाल विस्तार गरेको छ ।