काठमाडौँ, ३० पुस /रासस
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।