neapl investment mega bank
  • गृहपृष्ठ
  • गुडविल फाईनान्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न

गुडविल फाईनान्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 14th, 2022

काठमाडौ, पुस ३०
गुडविल फाईनान्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाईनान्सले बिहिबार होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा भर्चुअल माध्यमबाट बार्षिक साधारण सभा सम्पन्न गरेको होे ।

सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७७–०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आर्थिक बर्षको तुलनामा १८ दसमलव ८४ प्रतिशतले बृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार नौ सय ९७ रुपैयाँ तथा कर्जा तर्फ १५ दसमलव ६८ प्रतिसतले बृद्धि गरी सात अर्ब ९१ करोड ३३ लाख ८९ हजार छ सय ८० रुपैयाँ पुर्याउन सफल भएको जानकारी अध्यक्ष साखःले दिएकाछन । फाईनान्सले बार्षिक साधारण सभा मार्फ आ.ब.२०७७–०७८ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट नौं दसमलव १५ बोनस शेयर तथा तीन दसमलव ९५ नगद लाभांश गरि जम्मा १३ दसमलव पाँच वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रुपमै कार्य गर्दे लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराए ।