neapl investment mega bank
  • गृहपृष्ठ
  • लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्सको तालिम सम्पन्न

Jan 14th, 2022

काठमाडौ, पुस ३०
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संखुवासभाको खांदवारीमा यहि पुस २० गतेदेखि तीन दिनसम्म कृषि बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सिनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।