neapl investment mega bank
  • गृहपृष्ठ
  • मञ्जुश्री फाईनान्सको १४ औं बार्षिक साधारण सभा सम्पन्न

मञ्जुश्री फाईनान्सको १४ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 14th, 2022

काठमाडौ, पुस ३०
मञ्जुश्री फाइनान्स लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाईनान्सले बिहिबार आफ्नो केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाद्वारा आर्थिक बर्ष २०७७–०७८ को लागि प्रस्तावित छ प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र ४० प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भएको छ । फाईनान्सको यसअघि सम्मको चुक्ता पूँजी ९६ करोड ५३ लाख ९४ हजार आठ सय ९१ रुपैैयाँ रहेकोमा बोनस शेयर बितरण पश्चात चुक्ता पुंजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४७ रुपैयाँ हुने भएको छ । फाइनान्सको पौष मसान्तसम्म ११ अर्ब १५ करोड निक्षेप संकलन तथा ११ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

फाईनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २२ ओटा शाखा मार्फत नेपालभरका प्रमुख शहर हरुमा सेवा पुराउंदै आएको छ । फाईनान्सको न्युरोड काठमाण्डौ ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा, बिरगंञ्ज, मुर्गिया, योगिकुटी, मनीग्रम, भैरहवा, गैडाकोट, भरतपुर, टाडी, पर्साबजार, इनरुवा, झुम्कातथा बिराटचोक शाखाबाट कारोबार गरि रहेको राष्ट्रियस्तरको वित्तिय संस्था हो । फाईनान्सको निकट भविष्यमा संचालनमा आउने शाखा कार्यालय चावहिल, गोगबु तथा कलंकी शाखाहरु हुन् ।