neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • केही स्थानमा हुस्सु र कुहिरो, चिसो अझै बढ्ने

केही स्थानमा हुस्सु र कुहिरो, चिसो अझै बढ्ने

Jan 14th, 2022

काठमाडौँ ३० पुस
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। प्रदेश २ तथा बाकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसमविद्ले देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi