neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि तथा पशुपंक्षी बीमा क्षति मुल्यांकनकर्ता तालिम

कृषि तथा पशुपंक्षी बीमा क्षति मुल्यांकनकर्ता तालिम

Jan 13th, 2022

काठमाडौ, पुस २९
नेपाल इन्स्योरेनस कम्पनीले कृषि तथा पशुपंक्षी बीमा क्षति मुल्यांकनकर्ता तालिम दिएको छ । कम्पनीले यही पुस २७ गते देखि २९ गतेसम्म नेपाल ईन्स्योरेन्सद्धारा आयोजित कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ता सम्बन्धि तीन दिने कार्यक्रम बीमा समितिका प्रतिनिधि बिनोद कुमार पोखरेलको अतिथ्यमा कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा सम्पन्न भएको हो । उक्त क्षति मुल्याङ्कनकर्ताको तालिम कार्यक्रममा दार्चुला, बैतडी, डडेलधुरा र कन्चनपुर जिल्लाका प्रतिनिधि एवम् स्थानिय ब्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई तालिम कार्यक्रमका संयोजक हरिहरमानसिंह बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रम संचालन महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र बिष्टले गरेका थिए ।