neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

Jan 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, पुस २९
इटालियन सुपर कपको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलमा इन्टर मिलानले युभेन्ट्सलाई २-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

इन्टर मिलानलाई जित दिलाउन लाउटरो मार्टिनेज र एलेक्सिस सान्चेजले एक-एक गोल गरेका थिए । युभेन्ट्सका वेस्टन म्याकेनीले एक गोल गरे।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो । खेलको २५ औँ मिनेटमा वेस्टन म्याकेनीलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

त्यसपछि अतिरिक्त समयको १२१ औं मिनेटमा एलेक्सिस सान्चेजले इन्टर मिलानलाई २०१० पछि को पहिलो इटालियन सुपर कप जिताउन सफल भए।

जितसँगै इन्टरले छैटौं पटक सुपर कपको उपाधि जितेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi