आधारभूमि संवाददाता
काठमाडौ, पुस २९
इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले नर्विच सिटीमाथि जित निकालेको छ। बुधबार राति भएको खेलमा वेस्ट ह्यामले नर्विच सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ह्यामलाई जित दिलाउन जारोड बोवेनले दुई गोल गरे ।
बोवेनले खेलको ४२ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा बोवेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २- ० को सहज जित दिलाए ।
जितसँगै वेस्ट ह्यामले २१ खेलबाट ३७ अंक जोडेको छ र चौथो स्थानमा छ ।पराजित नर्विच सिटीको २० खेलबाट १० अंक छ र पुछारमा छ ।